Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बीमा बोर्डका कार्यकारी निर्देशक बसौला निलम्बित

    बीमा बोर्डका कार्यकारी निर्देशक बसौला निलम्बित

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गरी पदमा बसिरहँदा प्रमाण नष्ट हुनसक्ने जनाउँदै बसौलाला तीन महिनाका लागि निलम्बन गरेको हो ।



    मन्त्रालयले आज जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषदको यही २४ गतेको निर्णय अनुसार कार्यकारी निर्देशक पदमा राखिरहँदा तपाईंउपर लगाइएको आरोपको प्रमाण नष्ट गर्न सक्ने र तपाईंको गैरजिम्मेवारीपूर्ण काम कारबाहीले स्वास्थ्य बीमा बोर्डलाई हानी नोक्सानीसमेत गर्न सक्ने देखिएको हुँदा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम बढीमा ३ महिनाका लागि कार्यकारी निर्देशक पदबाट आजैका मितिदेखि लागू हुने गरी निलम्बन गरिएको बेहोरा निर्णयानुसार अनुरोध छ ।’



    बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि असोज ४ गते तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार