Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • स्वास्थ्य बीमाको २२ लाख लिएर कर्मचारी फरार भएपछि…

    स्वास्थ्य बीमाको २२ लाख लिएर कर्मचारी फरार भएपछि…

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 462
    SHARES

    काठमाडौं । स्वास्थ्य बीमाबापतको रकम आफ्नो खातामा राखेर स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी फरार भएका छन् ।

    करिब २२ लाख रुपैयाँ रकम आफ्नो खातामा राखेर बोर्डको उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अली फरार भएका हुन् ।



    पुस ११ गतेदेखि फरार भएका अलिलाई स्वास्थ्य बीमा बोर्डले २४ घण्टाभित्र हाजिर भई स्पष्टीकरण पेश गर्न पत्राचार गरेपनि फिरोज अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।



    अलीले गत असार मसान्तसम्म स्वास्थ्य बिमाका लागि दर्ता सहयोगी मार्फत उठेको रकम आफ्नो खातामा जम्मा गरेको पाइएको बीमा बोर्डले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार