Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन हुने

    स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन हुने

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 873
    SHARES

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आगामी आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा स्वास्थ्य बीमा सेवा सुचारु हुने बताएका छन् ।

    बुधवार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।



    स्वास्थ्य बीमा स्वायत्त निकाय भए पनि अहिलेसम्म स्वायत्त रूपमा सञ्चालन हुन नसकेको उल्लेख गर्दै उनले सबै स्थानीय तहमा स्वास्थ्य बीमा सेवा सुचारु गर्न सके प्रभावकारी रूपमा बोर्डले काम गर्न सक्ने बताए ।



    कार्यकारी निर्देशक बसौलाले सरकारले बीमालाई सहयोग गर्ने नभई आगामी दिनमा बीमाले सरकारलाई सहयोग गर्नेगरी प्रभावकारी रूपमा काम गर्न आवश्यक नीति, नियम बनाउनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार