Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बालुवाटारमा ओली–प्रचण्डबीच यसरी भयो चर्काचर्की

    बालुवाटारमा ओली–प्रचण्डबीच यसरी भयो चर्काचर्की

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगिरहेका बेला पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    ६ दिनदेखि संवादहीनता तोड्दै अध्यक्षद्वय ओली–प्रचण्डबीच बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो ।



    दुई अध्यक्षको विवादका कारण पार्टी नै विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला भएको भेटमा पनि कुनै ठोस निर्णय हुन सकेन । पार्टीमा जारी विवाद समाधानका लागि सचिवालयको बैठक बस्नुपर्ने  प्रचण्डको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका छन् ।



    पार्टी कमिटीको बैठक बोलाउन ओली सहमत नभएपछि बैठकमा दुई अध्यक्षबीच चर्काचर्की भएको स्रोतको दाबी छ ।

    पार्टी कमिटीको बैठक राख्न ओलीले सहमति जनाएपछि प्रचण्डले ओलीलाई कसले राजीनामा माग्यो भन्ने प्रश्न गरेका थिए। । प्रचण्ड निकट एक नेताले प्रचण्डको भनाइ उद्धृत गर्दै भने– ‘तपाईंले राजीनामा मागियो भनेर विना प्रसंगको कुरा गर्नुभयो, तर अहिले पार्टीभित्रबाट कसैले राजीनामा नै मागेको छैन, हुँदै नभएको कुरा किन आइरहेको छ?’

    राजीनामाको विषय किन बाहिर आयो, कसैले तपाईंको राजीनामा मागे भने पनि पार्टी कमिटीको बैठकमा छलफल गरौं, त्यहीं राखेर छलफल गर्दै अगाडि बढौं भनी प्रचण्डले ओलीलाई आग्रह गरेका थिए ।

    भेटका क्रममा एक नम्बर प्रदेशका नेताहरुलाई जुम भेलामा ओलीले जबजलाई अघि बढाउन दिएको निर्देशनप्रति पनि प्रचण्डले आपत्ति जनाएका थिए।

    प्रधानमन्त्री ओलीले बुधबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पदबाट राजीनामा नदिने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति प्रचण्डले आपत्ति जनाएका थिए । पार्टीको बैठक बोलाउने विषयमा दुई अध्यक्षबीच सहमति हुन नसक्दा अर्को भेटवार्तासमेत अनिश्चित बनेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले आफ्ना विरुद्ध बुनिएका तानाबुना सफल हुन नदिने बताएका थिए ।

    एक मन्त्रीका अनुसार बैठकको अधिकांश समय आफ्ना विरुद्ध षड्यन्त्र भइरहेको जानकारी गराउँदै जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार रहन निर्देशन दिएका थिए ।

    बिहीबार नै पार्टीभित्र जारी आन्तरिक विवादको बारेमा छलफल गर्न अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी कार्यालय पेरिसडाँडामा छलफल भएको थियो । (नेपाल समाचारपत्र )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार