Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १६ लाख नेपाली रूपैयाँसहित भारतीय नागरिक पक्राउ

    १६ लाख नेपाली रूपैयाँसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 2.7K
    SHARES

    वीरगन्ज । प्रहरीले वीरगन्जबाट १६ लाख  रूपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत बिहारको रक्सौल घर भएका ५० वर्षीय कृष्णकुमार जैन रहेका प्रहरीले जनाएकाे ।

    अवैध वित्तीय कारोबार (हुण्डी) को कारोबारी रहेको शंकामा प्रहरीले उनलाइ पक्राउ गरेकाे हाे । प्रहरीले उनको साथबाट श्रोत खुल्न नसकेको नेपाली १६ लाख रुपैयाँ बरामद गरेको छ।



    अवैध वित्तीय कारोवार (हुण्डी) भइएरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जैनलाई वीरगन्जको माइस्थानबाट पक्राउ गरेको हो।



    प्रहरीको टोलीले माइस्थान चोकमा चेकजाच गर्ने क्रममा जैन सवार रहेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा श्रोत खुल्न नसकेको १६ लाख रुपैयाँ बरामद भएपछि नियन्त्रणमा लिइएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

    नगद र मोटरसाइकल सहित पक्राउ गरिएका जैनलाई जिल्ला प्रहरी कार्यालयमा राखी बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुर शीर्षकमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक पन्तले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार