Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ६१ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

    ६१ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

    अनलाइन नेपाल
  • आइतबार, ३० कार्तिक २०७७
  • 5.2K
    SHARES

    बाग्लुङ । नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बागलुङमा ६१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।

    बागलुङमा विसं २०७३ असारदेखि शुरुआत भएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ६१ हजार ६६३ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालय बागलुङका दर्ता अधिकारी नारायण शर्माले जानकारी दिए ।



    कोरोना कहरका बीच पनि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।



    कोरोनाका कारण शुरुको अवस्थामा नागरिकहरु उपचार तथा औषधि लिन अस्पताल तथा स्वाथ्यचौकी नआए पनि पछिल्लो समय सेवा लिने क्रम केही बढ्न थालेको छ । शर्माका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा बीमा गर्नेको सङ्ख्या सबैभन्दा बढी रहेको छ ।

    कोरोनाका कारण मानिसको स्वास्थ्यप्रतिको चासोसमेत बढ्दै गएका कारण स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको सङ्ख्या बढ्ने स्वास्थ्य बीमा बोर्डको अपेक्षा रहेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार