Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ४ वर्षकी बालिकाको नातेदारबाटै बलात्कारपछि हत्या

    ४ वर्षकी बालिकाको नातेदारबाटै बलात्कारपछि हत्या

    अनलाइन नेपाल
  • बिहिबार, ४ मंसिर २०७७
  • 3.1K
    SHARES

    सांकेतिक तस्बिर, स्राेत : गुगल

    काठमाडाैं । ४ वर्षकी बालिकाको उनकै नातेदारबाट बलात्कारपछि हत्या भएको खुलेको छ ।

    हत्या आरोपमा पक्राउ परेका १६ बर्षका साजन भोलनले हत्या गरेको स्वीकार गरेका छन् ।



    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले दिएकाे जानकारी अनुसार पक्राउ परेका भोलनले बालिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् ।



    बालिकाको टाउकोमा दुई पटक ढुङ्गाले हानेर हत्या गरेको उनले प्रहरीलाई बताएका प्रहरीले जनाएको छ ।

    मकवानपुरकाे बागमती गाउँपालिका-७ कि बालिकालाई बुधबार गाउँमा पूजा रहेको समयमा फकाई नजिकैको पुलमुनि लगेर बलात्कार गरेपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार