Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अमेरिकामा एकैदिन २ हजारभन्दा धेरैको मृत्यु

    अमेरिकामा एकैदिन २ हजारभन्दा धेरैको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ६ मंसिर २०७७
  • 2.6K
    SHARES

    एजेन्सी । अमेरिकामा कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या तीव्र रुपमा बढिरहेको छ । पछिल्ला २४ घण्टामा यहाँ २ हजार १५ जनाको कोरोनाका कारण मृत्युु भयो । यो गत मेईयताकै उच्च मृतक संख्या हो ।

    जोन हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टा यहाँ १ लाख ८७ हजारमा संक्रमण देखिएको छ । अमेरिकामा कोरोनाबाट २ लाख ६० हजारले ज्यान गुमाइसकेका छन् ।



    राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर पनि संक्रमित भएका छन् । यसअघि ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पमा पनि कोरोना देखिएको थियो, यद्यपी उनीहरु संक्रमणमुक्त भइसकेका छन् । ‘राष्ट्रपतिका छोराको यस हप्ताको सुरुवातमा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । यद्यपी, उनलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन,’ ह्वाइटहाउस स्रोतले भनेको छ ।



    कोरोनाबाट संक्रमित हुनेको संख्या विश्वभर ५ करोड ७८ लाखभन्दा धेरै पुगिसकेको छ । यसमध्ये ४ करोड ३ लाख मानिस निको भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार