Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रहरीले आँखा चिम्लिएपछि सशस्त्र प्रहरीले समात्यो ५० केजी गाँजा, डिआईजी किन मौन ?

    प्रहरीले आँखा चिम्लिएपछि सशस्त्र प्रहरीले समात्यो ५० केजी गाँजा, डिआईजी किन मौन ?

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 7.7K
    SHARES

    काठमाडौं। बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुबाट प्रहरीकै सेटिङमा धमाधम तस्करी हुन थालेपछि सशस्त्र प्रहरीले तस्करीको जालो भत्काउन थालेको छ ।

    सशस्त्र प्रहरीले धादिङबाट काठमाडौं ल्याउँदै गरिएको ५० केजी चरेससहित दिपक मगरलाई शनिबार राती पक्राउ गर्दा समेत नेपाल प्रहरीले जानकारी पाउन नसकेको हो वा सेटिङमा चरेस तस्करी भइरहेको हो ? अनुसन्धानको विषय बनेको छ ।



    सशस्त्र प्रहरी बल, नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको एपीएफ टोलीले बा २१ प ८७६ नम्बरको मोटरसाईकलमा सवार मगरले तीन वटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उक्त चरेशसहित उनलाई पक्राउ गरेको हो।



    एपीएफ टोलीले उनले प्रयोग गरेको मोटरसाईकल समेत  बरामद गरेको छ । उक्त चरेश धादिङ जिल्लाको गोगनपानी भन्ने ठाउँबाट काठमाडौं लैजान लागिएको कुरा
    मगरले एपीएफ टोली समक्ष बताएका छन् ।

    बागमतीका धादिङ, चितवन र मकवानपुर लागूऔषध तस्करीका लागि हव मानिन्छन् । बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी बसन्त लामाको तस्कहरुसँग उठबस रहेका कारण यी जिल्लाहरुबाट निर्वाध रुपमा लागूऔषध तस्करी भइरहेको स्रोतको भनाई छ ।

    मकवानपुरमा केही पनि केही समय अघि मात्र शसस्त्रको टोलीले ५० केजी गाँजा बरामद गरेको थियो।

    केही समय अघि चितवनमा गाँजा तस्करी भइरहेको सूचना प्रहरीलाई दिंदा समेत आँखा चिम्लिएपछि सर्वसाधरणले गाडी नै तोडफोड गरेका थिए ।

    गत बैशाखमा चितवनमा प्रहरीकै मिलेमतोमा नगरपालिकाको गाडीमा गाँजा तस्करी गर्न खोजिएको स्थानीयले खुलेरै आरोप लगाएका थिए।

    संकास्पद काममा प्रयोग गरिएको भन्दै रत्ननगर नगरपालिकाले लकडाउन प्रभावकारी वनाउन सिमित अवधिका लागि दिएको गाडी फिर्ता गर्न इलाका प्रहरी कार्यालय रत्ननगरलाई निर्देशन दिएको थियो।

    रत्ननगरले दिएको राप्ती नगरपालिकामा तस्करीको गाँजा बरामद गरि फर्कदै गर्दा स्थानीयवासीसँगको झडपका क्रममा तोडफोड भएको प्रहरीले जनाएको थियो।

    तर, प्रहरीकै मिलेमतोमा नगरपालिकाको गाडीमा गाँजा तस्करी गर्न खोजिएको स्थानीयको आरोप  लगाएका थिए।

    लकडाउनको समयमा गाँजा तस्करलाई चितवन प्रहरीले संरक्षण गरेको भन्दै आक्रोशित बनेका स्थानीयलाई  तितरबितर बनाउन प्रहरीले हवाई फायर नै गर्नु परेको थियो।  जुन घटनाको डिआईजी लामाले छानविन समेत गरेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार