Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • संसद विघटनविरुद्ध रिट लिएर सर्वाेच्च पुगे नेकपाका ४ सांसद

    संसद विघटनविरुद्ध रिट लिएर सर्वाेच्च पुगे नेकपाका ४ सांसद

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरु संसद विघटनको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु कृष्णभक्त पोखरेल, देव गुरुङ, शशी श्रेष्ठ र रामकुमारी झाँक्री रिट लिएर मंगलबार सर्वोच्च पुगेका हुन् ।



    उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै राष्ट्रपति संसद विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् ।



    सांसद कृष्णभक्त पोखरेलका अनुसार रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार