Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास

    कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वर चोकमा एक अपरिचित पुरुषले पेस्तोल देखाएर लुटपाट प्रयास गरेका छन् ।

    आइतबार बिहान सिन्धुलीको तीनपाटन घर भएका २५ वर्षीय युवराज आलेमगरलाई अपरिचित पुरुषले पेस्तोल देखाएर लुट्ने प्रयास गरे ।



    तर, युवराजको प्रतिवादपछि ३०–३२ बर्षका पेस्तोलधारी भागेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले एउटा पेस्तोल  र एकराउण्ड गोली फेला परेको बताए ।



    पेस्तोल र गोली महानगरीय प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ । युवराजले पेस्तोलधारीले आफ्नो मोवाईल लुट्ने प्रयास गरेको प्रहरीलाई बताएका छन् । उनी भक्तपुरको राधेराधेमा बस्दै आएका थिए ।

    ‘घट्नाबारे प्रारम्भिक अनुसन्धानको क्रममा छौँ’ डिएसपी विष्टले भने–‘शंकास्पदहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दैछौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार