Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • वामदेव गौतम दिगो विकास तथा सुशासन समितिमा मनोनित

    वामदेव गौतम दिगो विकास तथा सुशासन समितिमा मनोनित

    अनलाइन नेपाल
  • बिहिबार, २३ पुष २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतम संसदको दिगो विकास तथा सुशासन समितिमा मनोनित भएका छन् ।

    आज बसेको राष्ट्रिय सभाको साताैँ अधिवेशनले गौतमलाई सुशासन समितिमा मनोनित गर्ने निर्णय गरेको हो ।



    कानून न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले गौतमलाई समितिको सदस्यका लागि सिफारिस गरेका थिए ।



    गौतमलाई सर्वसम्मतीले मनोनित गरेको राष्ट्रिय सभा अध्यक्ष घणेश प्रसाद तिमल्सिनाले घोषणा गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार