‘प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन’ भन्ने नेम्वाङको अभिव्यक्तिको सर्वाेच्चमा चर्चा

‘प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन’ भन्ने नेम्वाङको अभिव्यक्तिको सर्वाेच्चमा चर्चा

अनलाइन नेपाल
  • सोमबार, माघ ५ २०७७

  • 3.1K
    SHARES

  • ‘प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन’ भन्ने नेम्वाङको अभिव्यक्तिको सर्वाेच्चमा चर्चा

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमाथि सर्वाेच्च अदालतमा बहस जारी छ । बहस जारी रहेकै बेला सोमबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानअनुसार संसद् विघटन गर्न मिल्दैन भनेर गरेको टिप्पणीको चर्चा भएको छ ।

    सोमबार अधिवक्ता दीनमणि पोखरेलले संविधानसभा अध्यक्ष नेम्वाङले संसद सचिवालयकको स्मारिकामा दिएको अन्तर्वार्ताको विषय बहसको क्रममा पढेर सुनाएका हुन्।

    स्मारिकाको अन्तर्वार्तामा नेम्वाङले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताएका थिए। अधिवक्ता पोखरेलले संविधानसभाको अध्यक्षको रूपमा नेम्वाङले अन्तर्वार्ता दिएको र त्यसले संविधानको मर्मलाई बुझाउने बताए।

    बहसका क्रममा अधिवक्त पोखरेलले संविधानसभा अध्यक्ष स्वयंले संसद विघटनका सम्बन्धमा नयाँ संविधानमा विगतको भन्दा फरक व्यवस्था रहेको बताएकाले विगतको व्यवस्थाबारे चर्चा गर्न आवश्यक नरहेको बताएका छन्। गत वर्षमात्र पनि नेम्वाङले प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न नसक्ने बताएका थिए।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार