Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सोमबार देशभर १५९ कोरोना संक्रमित थपिए, २६४ जना डिस्चार्ज

    सोमबार देशभर १५९ कोरोना संक्रमित थपिए, २६४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ११८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा २६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६६ हजार ६०० पुगेको छ ।



    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको छ ।



    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकै जनाको पनि मृत्यु भएको छन् । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै हिजो नेपालमा १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार