Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • फैसलाको मुखमा न्यायाधीशहरुलाई थप सुरक्षा

    फैसलाको मुखमा न्यायाधीशहरुलाई थप सुरक्षा

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    काठमाडाैँ । राजनीतिक दलका नेतासँग रहेको सुरक्षादस्ता घट्दैछ, तर न्यायाधीशका निम्ति भने हतियारधारी थपिँदैछ । सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दाका कारण श्रीमान्हरूको विशेष सुरक्षा र अदालतमा निगरानीको क्रमलाई सोमबारदेखि नै बढाइएको हो ।

    हिजोदेखि एमिकश क्युरीका सदस्यले राय दिन थाल्नुअघि नै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालतका सबै न्यायाधीशको लागि प्रहरी हेडक्वार्टरस्थित सुरक्षा सेवा निर्देशनालयले सई र असई दर्जाको निजी सुरक्षा अधिकृत (पिएसओ) दिँदै आएको छ । सोमबारदेखि प्रतिनिधिसभा विघटनको सुनुवाईमा संलग्न संवैधानिक इजलाशका तीनजना न्यायाधीशको हकमा भने एक–एकजना सिपाही थप गरिएको छ । ती सिपाही महानगरीय प्रहरीको सर्वोच्च अदालत समन्वय तथा सुरक्षा इकाईबाट खटिएका हुन् । प्रहरीले सर्वोच्चका श्रीमानको व्यक्तिगत सुरक्षा र घरमा निगरानीका लागि एक हवल्दार र तीन सिपाहीको सुरक्षा दस्ता खटाउने गर्दछ ।



    त्यसमध्ये विश्वम्भर श्रेष्ठकोमा दरबन्दी अनुसारकै तैनाथी रहेको तर सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसीसँग एक–एक हवल्दारसहित दुई सिपाही मात्र राखिएको पाइयो । पुलिस हेडक्वार्टरले गरेको सुरक्षा चुनौतिको विश्लेषणपछि सोमबारै एक–एक सिपाही थप गरिएको हो । न्यायाधीशसँगै हिँड्ने पिएसओसँग १४ राउण्ड गोली लाग्ने एउटा अटोमेटिक इटालियन रिभल्वर हुन्छ ।



    प्रहरीले पिएसओ खटिनेहरुलाई दुई किसिमका रिभल्वर (पेस्तोल) दिने गर्दछ । त्यसमध्ये भूपूहरुका हकमा चाइनिज रिभल्वर दिइएको छ । चाइनिज रिभल्वर इटालियनको तुलनामा केही पुरानो हो । चलाउन सहज र तीव्र गतिमा निशाना लाग्ने कारण बढी संवेदनशील पदाधिकारीलाई इटालियन अटोमेटिक रिभल्वर दिइन्छ । पुलिस हेडक्वार्टरले न्यायाधीशका पिएसओसँग हतियारको अवस्थाबारे सोधखोज गर्ने क्रमलाई पनि तीव्र पारेको छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार