Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रचण्ड-माधव समुहको छलफल जारी, कांग्रेस सभापति पछि अब जसपाका नेताहरुको पालो

    प्रचण्ड-माधव समुहको छलफल जारी, कांग्रेस सभापति पछि अब जसपाका नेताहरुको पालो

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ । नेकपा प्रचण्ड-माधव समुहले संयुक्त सरकार गठको विषयमा प्रमुख राजनीतिक दलहरुका नेताहरुसंग छलफल सुरु गरेको छ ।

    बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्य प्रस्ताव गरेको प्रचण्ड-माधव समुहले आज (बिहीबार) जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गरेको छ ।



    आज नेकपाको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले जसपाका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।



    छलफलमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ सहभागी थिए । छलफलमा सहभागी नेता श्रेष्ठले प्रचण्ड-माधवले सरकार गठनमा सहकार्यको प्रस्ताव गरेको बताए ।

    ‘पार्टीगत छलफल भनेर हामीलाई बोलाउनु भएको थियो । आन्दोलनमा पनि सँगसँगै जस्तो प्रतिगमनविरुद्ध संघर्ष गर्नुभयो । हामीले पनि गर्‍यौं । अब संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर एक ठाउँ आउनु पर्छ’ भन्ने प्रस्ताव राख्नु भयो,’ श्रेष्ठले भने ।

    तर, प्रचण्ड-माधवले राखेको प्रस्तावमा जसपा नेताहरुले केही सर्त राखे छन् ।  ‘अब पार्टीमा छलफल गर्छौ । यसमा अरु कुराहरु पनि छन् । विगतमा सँगै आन्दोलन गर्दाकै केही समस्या छन् । सहकार्य गर्ने हो भने एकआपसमा समस्या नआउने गरी सहकार्यका संस्कृतिहरु हुन्छन,’ श्रेष्ठले भने, ‘अर्कोतर्फ नेकपा कानुनी रुपमा विभाजन भएको छैन ।  पहिला क्लियर हुनुपर्छ भन्ने कुरा गर्‍यौं ।’

    जसपा नेताहरुको कुरा सुनेपछि अध्यक्ष दाहालले ती विषयमा समीक्षा गर्दै नयाँ ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरु मिलेर जाने वातावरण बनाउन आग्रह गरेको श्रेष्ठले जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार