Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अर्बौको घोटालामा ओलीको स्वार्थ : कौडीको मूल्यमा यति समूहलाई एयरपोर्टको ९१ रोपनी जग्गा दिंदै

    अर्बौको घोटालामा ओलीको स्वार्थ : कौडीको मूल्यमा यति समूहलाई एयरपोर्टको ९१ रोपनी जग्गा दिंदै

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । सर्बोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो घोटाला गर्न लागेको समाचार बाहिर आएको छ।

    ओलीले अर्बौ मुल्यको जग्गा कौडीको मुल्यमा यति समूहलाई  दिन लागेका हुन।  राज्यको सम्पत्ति यतिलाई दिने क्रममा पछिल्लो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वामित्वमा रहेको सिनामंगलस्थित सशस्त्र प्रहरी बसेको करिब ९१ रोपनी जग्गा यति समूहलाई ३० बर्षका लागि लिजमा दिन लागिएको छ ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाई उपेक्षा गर्दै सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा रहेको उक्त जग्गा ओलीकै स्वार्थमा यति समूहलाई लिजमा दिन लागिएको हो ।



    एयरपोर्ट होटल बनाउनका लागि यति समूहले कौडीको मूल्यमा उक्त जग्गा लिजमा लिने प्रक्रिया अगाडि बढाइएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै ओली सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उक्त जग्गा यतिलाई लिजमा दिनका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको छ ।

    प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थलको उक्त जग्गा लिजमा दिन लागिएको स्वीकार गरेका छन् । यतिले उक्त जग्गामा ‘एयरपोर्ट होटल’ निर्माण गर्ने प्रस्ताव जीवनबहादुर शाही पर्यटन मन्त्री हुँदादेखि नै राखेको थियो ।

    यति समूहका तत्कालीन संचालक हाल दिवंगत भइसकेका आङछिरिङ शेर्पाले उक्त जग्गामा होटल निर्माणका लागि लिजमा लिने प्रक्रिया अगाडि बढाउन चाहेका थिए । तर, शाही तत्कालै मन्त्रीबाट हटेपछि उनको त्योा चाहना पूरा भएको थिएन ।

    ओली प्रधानमन्त्री भएपछि यति समूहले यो जग्गामा आँखा लगाउँदैआएको थियो । ओलीले उक्त जग्गा यतिलाई दिनका लागि प्राधिकरणलाई निर्देशन दिइसकेका छन् ।

    प्रधानमन्त्री ओलीले यतिलाई पोस्ने क्रममा नेपाल ट्रष्ट अन्तर्गतको गोकर्ण फरेष्ट रिसोर्ट र त्यसले चर्चेको करीब तीन हजार रोपनी जग्गा पुरानो सम्झौता अवधि २०८२ साउन मसान्तसम्म झण्डै ६ वर्ष बाँकी नै रहेको अवस्थामा यतिलाई पुनः २५ बर्षका लागि कौडीको मूल्यमा लिजमा दिएका थिए ।

    प्रतिरोपनी मासिक भाडा ७ सय ४६ रुपैयाँमा उक्त मूल्यवान जग्गा ओलीले प्रधानमन्त्री भएपछि यतिलाई दिएका थिए ।

    यतिलाई पोस्ने क्रममा ओलीले नेपाल ट्रष्टका दरबारमार्ग, ताहाचल लगायतका जग्गा पनि कौडीको मूल्यमा भाडामा दिएका थिए ।

    सुखी नेपाली, समृद्ध नेपालको नारा जप्ने तर भित्रभित्रै अन्तर्राष्ट्रिय विमानस्थलदेखि राज्यका महत्वपूर्ण जग्गा यतिलाई सुम्पदैआएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ९१ रोपनी जग्गा नागरिक उड्डयन प्राधिकरणलाई कौडीको मूल्यमा यति समूहलाई नै दिनेगरी प्रक्रिया मिलाउन निर्देशन दिइसकेका छन् ।

    अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गर्दै आइकाओको मापदण्डविपरीत संरचना निर्माण गर्न ब्यापारीलाई दिंदा एयरपोर्ट कालोसूचीमा पर्नसक्ने विज्ञहरुको सुझाव समेत सरकारले लत्याउँदैआएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार