Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने

    मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने

    अनलाइन नेपाल
  • शनिबार, २२ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । झण्डै तीन दशकदेखिको आशाको विषय बनेको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ ।

    फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको पानी आज सुनदरीजल आइपुग्ने भएको आयोजनाले जनाएको छ ।



    आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ ।



    यद्यपी अहिले नै भने वितरण प्रणालीमा जोडिने छैन । अझै पनि पाईप विच्छ्याउने काम सकिएको छैन ।

    सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ । सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुको पानी बागमतीमा फाल्न लागिएको हो ।

    पानी सुन्दरीजल आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्ने कार्यक्रमसमेत रहेको छ । आज अपराह्न ४ बजे प्रधानमन्त्री सुन्दरीजल जाने कार्यक्रम तय भएको छ ।

    यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ । उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग छ ।

    तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बाट दैनिक ८ करोड लिटर पानीमात्रै वितरण हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार