Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेकपा कसको ? आज फैसला हुँदै

    नेकपा कसको ? आज फैसला हुँदै

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    सर्वाेच्च अदालत परिसर

    काठमाडौं । आइतबार सर्वोच्च अदालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको विवादको छिनोफानो हुँदैछ।

    पछिल्लो समय नेकपा ऋषि कट्टेलको कि ? केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको ? यो मुद्दामा बहस हुँदै आइरहेको थियो ।



    विहीबार अदालतमा सार्वजनिक विदाका कारण हुन नसकेको नेकपा नाम सम्बन्धी मुद्दाको फैसला आज हुन लागेको हो ।



    दुई वर्षअघि नेकपा अध्यक्ष ऋषि कट्टेलले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई सकिएपछि विहीबार निर्णय सुनुवाईको मिति तोकिएसँगै आज फैसला हुन लागेको हो ।

    आज न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले निर्णय सुनाउनेछ ।

    २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।

    सर्वोच्च अदालतले नेकपाको आधिकारिकता कट्टेललाई दिएमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार