Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अफगानिस्तानमा सेनाको कारवाहीमा बाह्र तालिवानी लडाकू मारिए

    अफगानिस्तानमा सेनाको कारवाहीमा बाह्र तालिवानी लडाकू मारिए

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 3.2K
    SHARES

    फाइल तस्बिर

    एजेन्सी। अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा आतङ्ककारीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । उक्त कारबाहीको क्रममा अन्य पाँच तालिबान लडाकू घाइते भएका पनि सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ ।

    तालिबान लडाकू लुकेर बसेको इलाकालक्षित सो कारबाही भएको थियो । कान्दाहार प्रान्तको आर्घान्दाब र मिवान्द जिल्ला तालिबान लडाकू लुकेर बसेको इलाकालक्षित भएको यस कारबाहीको क्रममा १२ लडाकू मारिनुको साथै अन्य पाँच घाइते भएका थिए ।



    त्यस  कारबाहीको क्रममा सुरक्षाबलले आतङ्ककारीले योजना गरेको एम्बुस, विस्फोटक पदार्थ ५५ थान बरामद गरेको बताइएको छ ।



    उक्त कारबाहीको क्रममा सर्वसाधारण नागरिक र सुरक्षा अधिकारीहरु भने हताहत नभएका समाचारमा जनाइएको छ । तालिबान लडाकू समूहले भने उक्त कारबाहीको विषयको केही टिप्पणी गरेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार