Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतमा एकै दिन ६० हजार बढीमा कोरोना पुष्टि

    भारतमा एकै दिन ६० हजार बढीमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १४ चैत्र २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारत सरकारले कोरोना खोप अभियानलाई तीव्रता दिए पनि कोरोना संक्रमण भने कम भएको छैन । शुक्रबार मात्रै ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढीले कोरोना खोप लगाइसकेका छन् ।



    भारतमा दोस्रो लहरअन्तर्गत कोरोना संक्रमण तीव्र भइरहेको छ । ५ महिनापछि भारतमा एकैदिन यो संख्यामा संक्रमण देखिएको हो । पछिल्ला १५ दिनमा भारतमा संक्रमण निकै तीव्र बनेको छ ।



    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले थप २ सय ८९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९ सय नाघेको छ ।

    भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजारभन्दा बढी पुगेको छ भने संक्रमण पुष्टि भएकामध्ये १ करोडभन्दा बढी निको भएका छन् ।

    भारतमा नयाँ प्रकारको भाइरसको त्रास थपिएको हो। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै विभिन्न १८ राज्यमा गरिएको नमुना परीक्षणमा कोरोनाको नयाँ प्रकारको ‘डबल म्युटेन्ट’ जीवाणु फेला परेको जनाइसकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार