Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भारतमा एकैदिन ३ हजार ९ सय बढीको मृत्यु, निको हुनेको संख्या १ करोड ७९ लाख नाघ्यो

    भारतमा एकैदिन ३ हजार ९ सय बढीको मृत्यु, निको हुनेको संख्या १ करोड ७९ लाख नाघ्यो

    अनलाइन नेपाल
  • शनिबार, २५ बैशाख २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

    पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो । यसअघि हिजो विहीबार ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको थियो ।



    शनिबार विहानसम्मको रेकर्ड अनुसार भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ ।



    यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७९ लाख १७ हजार ८५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख ५३ हजार ८०४ छ ।

    यस्तै त्यहाँ एकैदिन ३९ सय २० संक्रमितको मृत्यु भएको छ ।दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३८ हजार २६५ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार