Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोनाका कारण भारतमा एकैदिन ७९४ जनाको मृत्यु, नेपालमा प्रत्यक्ष असर

    कोरोनाका कारण भारतमा एकैदिन ७९४ जनाको मृत्यु, नेपालमा प्रत्यक्ष असर

    अनलाइन नेपाल
  • शनिबार, २८ चैत्र २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । छिमेकी मुलुक भारतमो कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर शुरु हुँदा हरेक दिन संक्रमितहरुको नयाँ रेकर्ड बन्दै गएको छ ।

    भारतमा पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ, जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।



    योसँगै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ३२ लाख नाघेको छ  भने संक्रमण पुष्टि भएकामध्ये १ करोड १९ लाखभन्दा बढी निको भएका छन् ।



    कोरोना महामारीका बीच दिल्लीमा देखिएको भीडभाड तस्बिर : रोयटर्स

    भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ९४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

    योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रमणको अवस्था भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार साँझसम्म ९ करोड ८० लाख ७५ हजार १ सय ६० जनाले खोप लगाइसकेका छन् ।

    भारतका ३६ राज्य तथा प्रदेशहरूमध्ये पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, मध्यप्रदेश, छत्तिसगढ, कर्नाटक, दिल्ली, पञ्जाब, जम्मु–कश्मीर, गुजरातमा संक्रमण तीव्र छ ।

    त्यसमध्ये पनि महाराष्ट्रको अवस्था निकै भयावह देखिएको छ । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ५८ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो ।

    नेपालसँग सिमाना जोडिएको र सजिलै वारी पारी गर्न सकिने वातावरण भएका कारण भारतमा देखिएको भयावह अवस्थाले नेपालमा पनि प्रत्यक्ष असर पार्ने विज्ञहरुले यस अघि नै बताइसकेका छन् ।

    सरकारले सिमा नाकामा कडाइ गरेको बताइरहेपनि नेपाल–भारत गर्नेको लर्को उत्तिकै देखिएको सिमा क्षेत्रका बासिन्दाहरु बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार