Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ह्वात्तै बढ्यो भारतमा कोरोना, एकैदिन २३ हजार नयाँ सङ्क्रमित थपिदा ४०६ जनाको मृत्यु

    ह्वात्तै बढ्यो भारतमा कोरोना, एकैदिन २३ हजार नयाँ सङ्क्रमित थपिदा ४०६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं। भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पनि भारतमा बढ्दै गएको छ । भारतमा अहिलेसम्म २३ राज्यमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको र यो फैलिने क्रम तीव्र भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

    भारतमा कोरोनाभाइरसबाट आजमात्रै थप झण्डै २३ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ नयाँ सङ्क्रमित भएका हुन् ।



    सोही अवधिमा कोरोनाका कारण ४०६ को मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये १ हजार ४३१ जनालाई भने ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीले जनाएका छन् ।



    भारतमा पछिल्लो एक दिनमा आठ हजार ९४९ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ४२ लाख ७५ हजार ३१२ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार