Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भारतमा एकैदिन २ लाख ३४ हजार बढी संक्रमित, कुम्भ मेला स्थगन गर्न मोदिको आग्रह

    भारतमा एकैदिन २ लाख ३४ हजार बढी संक्रमित, कुम्भ मेला स्थगन गर्न मोदिको आग्रह

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २ लाख ३४ हजार ६ सय ९२ नयाँ संक्रमित थपिएका छन् ।

    योसँगै भारतमा लगातार तेस्रो दिन संक्रमितको संख्या दुई लाख नाघेको छ ।



    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाको संक्रमणबाट कारण मृत्यु भएको छ ।



    भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७५ हजार ६ सय ४९ पुगेको छ  भने संक्रमितको संख्या १ करोड ४५ लाख २६ हजार नाघेको छ ।

    स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २६ लाखभन्दा बढी निको भएका छन् ।

    भारतमा अहिलेसम्म ११ करोड ९९ लाख ३७ हजार ६ सय ४१ डोज खोप लगाइसकिएको छ ।

    पछिल्ला दिनमा महाराष्ट्र, दिल्ली, गुजरात, मध्यप्रदेश, उत्तरप्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, बिहारलगायतका राज्य संक्रमण फैलने क्रम तीव्र बनेको छ ।

    संक्रमण रोक्न विभिन्न राज्यहरुमा कर्फ्यु र लकडाउन गरिएको छ । भारतको राजधानी दिल्लीमा सप्ताहान्तमा कर्फ्यु आदेश जारी गरिएको छ । शुक्रबार राति दस बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने छ ।

    संक्रमण बढेसँगै अस्पतालहरुमा किरामीहरुको चाप निकै बढेको छ । बेड अभावका कारण बिरामीहरु अस्पतालको गेटमै घण्टौं कुर्न बाध्य छन् । केहीले त उपचार नपाएर नै ज्यान गुमाउनुपरेको छ ।

    त्यसैगरी रेमडेसिभिर र अक्सिजनलगायतका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरुको चरम अभाव हुन थालेको छ ।

    संक्रमण भयावह बनेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरिद्वारामा जारी कुम्भ मेलालाई स्थगन गर्न आग्रह गरेका छन् ।

    मोदीले शनिबार बिहान ट्वीट गर्दै आयोजकलाई मेला स्थगन गर्न भनेको बताएका छन् । उनले मेलाका आयोजकमध्येको जुना अखडाका प्रमुख स्वामी अवधेशानानन्द गिरीलाई फोन गरेर त्यस्तो आग्रह गरेको ट्विटमा उल्लेख गरेका छन् ।

    ‘दुई वटा शाही स्नान भइसकेको छ, मैले कोरोना संकटलाई ध्यान राख्दै अबको शाही स्नानलाई प्रतिकात्मक बनाउन प्रार्थना गरेको छु जसले यो संकटविरुद्ध लडाइँमा एउटा तागत मिल्नेछ’ मोदीले ट्वीटमा भनेका छन् ।

    तर, आयोजक उत्तराखण्ड राज्य सरकारले भने कुम्भ मेला स्थगन गर्ने सम्बन्धमा कुनै निर्णय लिएको छैन । कुम्भ मेलामा सहभागी भएकाहरुमध्ये कैयौं साधु र तीर्थालुहरुलाई संक्रमण पुष्टि भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार