Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अमेरिकी राष्ट्रपतिका प्रमुख चिकित्सा सल्लाहकारले भने–भारतमा केही हप्ता पूर्ण लकडाउन गर्नुपर्छ

    अमेरिकी राष्ट्रपतिका प्रमुख चिकित्सा सल्लाहकारले भने–भारतमा केही हप्ता पूर्ण लकडाउन गर्नुपर्छ

    अनलाइन नेपाल
  • शनिबार, १८ बैशाख २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार तथा वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले भारतमा कोरोना संक्रमणको ‘सुनामी’ रोक्नका लागि केही हप्ता पूर्ण रुपमा लकडाउन गर्नुपर्ने बताएका छन् ।

    भारतमा केही हप्ता लकडाउन आवश्यक रहेको डा. फौचीको भनाइ छ । भारतीय अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेससँगको कुराकानीमा डा. फौचीले भारतले कोरोना संक्रमण रोकथाममा के कस्ता उपाय अपनायो भन्दा राजनीतिक मुद्दा बन्ने बताए । उनले भने, ‘भारतले कोरोना संक्रमणको स्थितिलाई कसरी सम्हालिरहेको छ भन्दा यो राजनीतिक मुद्दा बन्छ । म यसबारेमा केही भन्दिनँ, म स्वास्थ्य क्षेत्रसँग आबद्ध व्यक्ति हुँ राजनीतिज्ञ होइन ।’ उनले पछिल्लो समय भारत अत्यन्तै कठिन र निराशाजनक अवस्थामा रहेको पनि बताएका छन् । उनले कुराकानीमा भनेका छन्, ‘जब तपाईं यस्तो परिस्थितिको सामना गर्नुहुन्छ, तत्कालै समग्र रुपमा विचार गरेर निर्णय लिनुपर्ने हुन्छ ।’



    कोरोना भाइरसविरुद्धको खोप लगाउनु महत्वपूर्ण भए पनि त्यसको असर देखिन केही समय लाग्ने भएकाले अत्यावश्यक स्वास्थ्य सामग्री र उपकरणको व्यवस्था गर्नुपर्ने पनि उनको भनाइ छ । उनी भन्छन्, ‘खोप एउटा उपाय हुन सक्छ । यो अत्यन्त आवश्यक पनि छ तर अहिले अस्पतालमा अक्सिजन अभाव, बेड अभाव जस्ता समस्यालाई यसले कम गर्दैन । खोपको प्रभाव देखिन केही समय लाग्छ ।’



    उनले वर्तमान समयमा कोरोना संक्रमणले निम्त्याएको संकट समाधानका लागि एउटा आयोग वा आपत्कालीन समूह बनाउनुपर्ने पनि बताएका छन् । यस्तो समूहले अक्सिजन तथा अन्य मेडिकल सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ । त्यस्तै भारतले यस कार्यमा अन्य देश र विश्व स्वास्थ्य संगठनको सहयोग लिनुपर्ने पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार