Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना आतंक : भारतबाट आएका एक जनाको उपचारका क्रममा मृत्यु

    कोरोना आतंक : भारतबाट आएका एक जनाको उपचारका क्रममा मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    कैलाली। जिल्लाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ।

    मृत्यु हुनेमा जिल्लाकै गोदावरी नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।



    मृत्यु हुने पुरुषमा गत आइतवार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।



    आइतवार राती ८ बजे अस्पताल भर्ना गरिएको र उपचारका क्रममा सेतीस्थित अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा आज बिहान ७ बजे उनको मृत्यु भएको श्रेष्ठले बताए।

    उनमा कडा खाले निमोनिया रहेकोले श्वासप्रश्वासमा जटिल समस्या देखिएको श्रेष्ठको भनाइ छ। उनी फागुन पहिलो साता भारतबाट आएका थिए ।

    सुदूरपश्चिममा नयाँ भेरियन्टको कोरोना देखिए पनि उनको मृत्यु कुन भेरियन्टको हो भनेर छुट्याउन नमुना काठमाडौँ पठाइएको अस्पतालले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार