Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भारतमा आईपीएल, नेपालमा सट्टेबाजी गरी लाखौँ ठगी गर्ने गिराेह पक्राउ (सूचीसहित)

    भारतमा आईपीएल, नेपालमा सट्टेबाजी गरी लाखौँ ठगी गर्ने गिराेह पक्राउ (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 4.7K
    SHARES

    काठमाडौँ । भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) को सट्टेबाजीमा संलग्न एक गिरोहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।महाशाखाले सट्टेबाजीमा संलग्न ११  जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरुमा कैलाली जिल्ला धनगढी -२ घर भई हाल काठमाडौँ बनस्थली बस्ने अशोक सिंह, भारत बिहार सितामढी जिल्ला बर्गिनिया थाना घर भई हाल ठमेल बस्ने बिक्रम कुमार जैसवाल र जावलाखेल बस्ने अंकित कुमार कलवार, रौतहट गौर न- १ घर भई हाल ठमेल बस्ने राहुल कुमार जैसवाल,मोरङ्ग बिराटनगर -३ घर भई हाल कालिमाटी बस्ने संदिप कुमार मंडल, काभ्रेपलाञ्चोक चौरीदेउराली -८ घर भई ठमेल बस्ने राजु थापा रहेका छन्।



    त्यस्तै, धादिङ् जिल्ला गल्छी- २ घर भई काठमाडौँको ठमेल बस्ने सन्तोष खतिवडा, भारत हिमान्चल प्रदेश,सोलन थाना घर भई हाल काठमाडौँ बस्नें सुशिल जेस्टा, भारत राजस्थान प्रदेश चुरी जिल्ला, सुजनगढ थाना घर भई हाललाजिम्पाट बस्ने पवन कुमार शर्मा, भारत राजस्थान प्रदेश झुन झुन जिल्ला केवडी घर भई लाजिम्पाट बस्ने सुचित अग्रवाल र भारत बिहार मोतीहारी जिल्ला,मोतीहारी थाना घर भई हाल जमल बस्ने मुकेश जैसवाल रहेका छन्।



    नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, लाजिम्पाटलगायतका स्थानबाट उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । उनीहरुले ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सन्जाल प्रयोग गरेर भारतमा भएको खेलमा सट्टेबाजी गराएको पाइएको महाशाखाले जनाएको छ ।

    महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार पक्राउ परेका उनीहरुको साथबाट साथबाट तीन लाख नगदसहित १७ वटा मोबाइल पनि बरामद गरिएको छ।

    पक्राउ परेका उनीहरुमाथि कार्य मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने ब्यवस्था रहेको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार