Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आईपीएलमा सट्टेबाजी गराउने मास्टर एजेन्ट प्रहरीको फन्दामा

    आईपीएलमा सट्टेबाजी गराउने मास्टर एजेन्ट प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गराउने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गौर नगरपालिका-१ बस्ने २६ वर्षीय सुधिर कुमार रहेको प्रहरीले जनाएको छ।



    अनलाईन मार्फत आर्थिक कारोबार गरी आईपीएल सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमाजैसवाललाई सट्टाबाजी गर्न प्रयोग गरेको मोबाईल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।



    प्रहरीका अनुसार उनले  यूनिभर्सल मोबाइल एसेसोरिज पसलमा अनलाइनमार्फत आइपीएलको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रुपमा कारोबार गर्दै आईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका कुमारको साथबाट प्रहरीले मोबाइल समेत बरामत गरेको छ भने उनले अनलाईनमार्फत ४८ जनाको समूह बनाई सट्टबाजी गरेर १७ लाख ३९ हजार ६ सय ४० रुपैयाँ बराबरको सट्टाबाजी जुवा खेलाएको अनुसन्धानबाट खुल्न आएको छ ।

    पक्राउ परेका उनीबिरूद्ध सट्टेबाजी मुद्दा अन्तर्गत जिल्ला अदालत बाराबाट अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार