Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ‘प्रदेश प्रमुखलाई समेत जतिबेला मन लाग्यो उतिबेला राख्ने र हटाउने गर्नुभन्दा संघियता नै खारेज गर्नु बेस’

    ‘प्रदेश प्रमुखलाई समेत जतिबेला मन लाग्यो उतिबेला राख्ने र हटाउने गर्नुभन्दा संघियता नै खारेज गर्नु बेस’

    'सांसदहरूको भीडमा भोका, लोभी र लिच्चड भेडा जन्मिन थाले'

    अनलाइन नेपाल
  • सोमबार, २० बैशाख २०७८
  • 3K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

    जसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव रहेका छन्।



    यसअघि प्रदेश प्रमुख रहेका गण्डकीका अमिक शेरचन र सुदूरपश्चिमकी शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।



    यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले नयाँ प्रदेश प्रमुख नियुक्तबारे आपत्ति जनाउदै सामाजिक सञ्जालमार्फत्  आफ्नो धारणा सार्वजनिक गरेका छन्।

    अध्यक्ष थापाले राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उदेश्य राखि प्रदेशप्रमुख जस्तो गरीमामय संवैधानिक पदमा रहेका व्यक्तिलाई जतिबेला मनलाग्यो हटाउने र राख्ने सरकारको काम गलत र संविधानको भावना विपरित रहेको उल्लेख गरेका छन् । ट्वीटरमा थापाले यो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक हो । यस्तो काम गर्नुभन्दा संघियता खारेज गर्नु बेस।

     

    त्यस्तै, लेखक संग्रौलाले सांसदहरूकाे भीडमा भाेका, लाेभी र लिच्चड भेडा जन्मिन थालेको भन्दै गण्डकी र लुम्विनी प्रदेशमा बिहान एउटाले हरियाे घाँस देखायाे, भेडाे त्यतै लाग्याे, बेलुका अर्काले हरियाे घाँस देखायाे, भेडाे त्यसै लाग्याे  भन्दै यी भेडा सांसद हाेइन, अस्सली सांसदकाे निधारका कलङ्क भएको टिप्पणी गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार