Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल पक्ष ओलीको विश्वासको मतलाई धराप पार्ने दाउमा, २१ जना सांसदले गरे राजिनामाको तयारी

    नेपाल पक्ष ओलीको विश्वासको मतलाई धराप पार्ने दाउमा, २१ जना सांसदले गरे राजिनामाको तयारी

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 3.5K
    SHARES

    निर्मल बाबु लामिछाने / काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका माधव नेपाल पक्षका २१ सांसदले सयुक्त रुपमा राजिनामा दिने तयारी थालेका छन्।

    गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन गरेपश्चात् अध्यक्ष ओलीसंग अलग रहेका पार्टीका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आगामी बैशाख २७ गते ओलीविरुद्द विश्वासको मत रोक्ने तयारी गरेको स्रोतले बताएको छ।



    हाल प्रतिनिधिसभामा सभामुखसहित २६७ सांसद रहेका छन् । जसमध्ये प्रधानमन्त्री ओलीलाई बहुमतका लागि १३४ जनाको मत चाहिन्छ । जसमा एमालेको १२१, कांग्रेसको ६१, माओवादीको ५० र जसपाका उपेन्द्र बाबुराम पक्षको कम्तीमा १६ सांसद हुने अनुमान गरिएको छ  । त्यति हुँदा पनि संसदमा मात्र १२९ सिट हुन्छ ।



    स्रोतका अनुसार यदि नेपाल पक्षका २१ जनाले राजिनामा दिए भने एमालेको प्रतिनिधिसभामा १०० सिट हुनेछ । २१ जनाले राजीनामा दिएपछि प्रतिनिधिसभाको संख्या २४६ हुन्छ । त्यसको सामान्य बहुमत भनेको १२४ हो । त्यस्तो अवस्थामा ओलीको विश्वासको मत गुम्ने निश्चित प्रायः हुन्छ ।

    कांग्रेस, माओवादीको ११० हुने भएकाले जसपाको उपेन्द्र बाबुराम पक्षले १४ जनामात्र सांसद आफ्नो पक्षमा राख्न सक्दा पनि बहुमत पुग्ने हिसाब गरेरै राजिनामाको चर्चा चलेको स्रोतको भनाइ छ।

    काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष मिलेर बहुमतको सरकार गठनको सम्भावना बलियो हुन्छ । जसका कारण ओली पदबाट हट्ने परिस्थिति निर्माण हुनसक्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार