Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टिजिन रिपोर्ट पोजेटिभ

    गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टिजिन रिपोर्ट पोजेटिभ

    अनलाइन नेपाल
  • बुधबार, २२ बैशाख २०७८
  • 1.2K
    SHARES

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

    पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ । त्यसको रिपोर्ट आउन भने बाँकी नै छ ।



    मंगलबार गुरुङ संसदीय दलको बैठकमा सहभागी भएका थिए । बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो। त्यसपछि गुरुङको एन्टिजिन परीक्षण गरिएको थियो ।



    गुरुङका स्वकीय सचिव विक्रम न्यौपानेलाई तीन दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार