Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • रुपन्देहीमा चार कोरोना संक्रमितको मृत्यु

    रुपन्देहीमा चार कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २२ बैशाख २०७८
  • 1.4K
    SHARES

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा रुपन्देहीका चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् । कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरुलाई फिबर क्लिनिकमा भर्ना गरिएको थियो ।



    बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षिय पुरुषमा वैशाख १५ गते कोरोना पोजेटिभ पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकामा मंगलबार राति १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
    यस्तै कन्चन गाउँपालिका–४ का २७ वर्षिया महिलामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो । उनको आज बिहान मृत्यु भएको हो ।



    यसैगरी बुटवल ९ का ५४ वर्षिया महिलामा बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि आज बिहान मृत्यु भएको हो ।

    यस्तै बैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षिया महिलालाई २१ गते अस्पताल भर्ना गरिएको थियो । उनको पनि आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार