Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • २ नम्वर प्रदेश प्रहरीद्वारा लुकाएर राखेका ७०० वटा अक्सिजन सिलिण्डर बरामद

    २ नम्वर प्रदेश प्रहरीद्वारा लुकाएर राखेका ७०० वटा अक्सिजन सिलिण्डर बरामद

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 2.1K
    SHARES

    जनकपुर । २ नम्वर प्रदेश प्रहरी कार्यालय, जनकपुरले स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक गरि लुकाएर राखेको अवस्थामा ७०० वटा अक्सिजन ग्यासका सिलिण्डर बरामद गरेको छ । प्रहरीका अनुसार बरामद गरिएका ७०० वटा सिलिण्डरमध्ये १३२ वटा भरी र ५६८ वटा खाली रहेका छन् ।

    कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरणको संक्रमणले देश नै आक्रान्त बनेको र कोरोना संक्रमितका लागि सबैभन्दा पहिले अक्सिजनको आवश्यक पर्ने हुँदा पनि विभिन्न व्यक्ति तथा उद्योगहरुले स्वास्थ्य प्रयोजन बाहेकका लागि अक्सिजन सिलण्डर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारी उक्त परिमाणको सिलिण्डर बरामद गरेको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी धिरजप्रताप सिंहले बताए ।



    राजधानीसहित देशभर नै अहिले अक्सिजन ग्यासको अभाव शुरु भइसकेको छ । यस्तो अवस्थामा सरारले स्वास्थ्य प्रयोजन बाहेक अक्सिजन सिलिण्डर भण्डारण नगर्नु भनेर आग्रह गर्दा समेत उनीहरुले सरकारको आदेशको अवज्ञा गरेका थिए । प्रहरीले प्रदेश २ अन्तर्गत विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरुमा स्टक राखेको अवस्थामा सिलिण्डर बरामद गरेको हो ।



    डिआईजी सिंहका अनुसार बरामद गरिएका सिलिण्डरहरु सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक विक्रेताहरुमा बुझाइएको छ । प्रहरीले स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक गरी राखेको व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।

    त्यसैगरी प्रदेश प्रहरी कार्यालयले वर्तमान विषम परिस्थितिमा स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले अन्य प्रयोजनको लागि अक्सिज स्टक नगरिदिन समेत अपिल गर्दै जथाभावी तवरबाट स्टक गरी प्रहरीको कारबाहीमा फेला परेमा सम्बन्धित व्यक्ति÷निकाय उपर प्रचलित ऐन कानून बमोजिम कारबाही हुने समेत जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार