Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोरोना खोप

    भारतबाट खोप आउने अनिश्चित, अग्रिम भुक्तानी समेत गरेको नेपाल सिरमको निर्णयले निराश

    भारतबाट खोप आउने अनिश्चित, अग्रिम भुक्तानी समेत गरेको नेपाल सिरमको निर्णयले निराश

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेपालका लागि छिमेकी देश भारतबाट आउने भनिएको कोरोना भाइरसविरुद्धको थप खोप तत्काल नआउने भएको छ।

    भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्ष्टिच्यूटले आफै कोभिड–१९ को चपेटमा परेको र यस वर्षको अन्त्यसम्म विदेशबाट खोप निर्यात गर्न नसक्ने जनाएपछि नेपालमा आउने भनिएको थप खोप आउने अनिश्चित भएको हो।



    मंगलबार सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले एक बिज्ञप्ति जारी गर्दै अहिले आफ्नो प्राथमिकता भारतीय नागरिकलाई खोप लगाउनु भएकाले यो वर्षको अन्त्यसम्ममा मात्र निर्यात गर्नसक्ने बताएका छन् ।



    ‘हामीले खोप उत्पादन क्षमता वृद्धि गर्दै भारतलाई प्राथमिकतामा राख्नेछौं । यो वर्षको अन्त्यसम्ममा कोभ्याक्स र अन्य मुलुकलाई खोप उपलब्ध गराउन सक्ने अपेक्षा गरेका छौं ।’ पुनावालाले निकालेको विज्ञप्तिमा भनिएको छ।

    नेपाल सरकारले सिरमले उत्पादन गरेको अष्ट्राजेनेका कोभिसिल्डको २० लाख खोप किन्न अग्रिम रकम नै भुक्तानसमेत गरिसकेको छ । तर भारतले आफैं दोस्रो लहरको चपेटमा परेको भन्दै खोप निर्यात गरेको छैन ।

    भारतमा खोप कार्यक्रम सञ्चालन भइसकेको र संक्रमितको संख्या एकदमै न्यून भएका बेला संसारका अरू मुलुकलाई कोरोनाविरूद्ध लड्न सघाउने सरकारी नीतिअनुसार ६ करोड ६० लाख डोज विदेश पठाइएको पनि सिरमले विज्ञप्तिमा उल्लेख गरेको छ।

    छिमेकी मुलुक भारतले दिएको कोरोना भाइरसविरुद्दको १० लाख डोज खोपले खोप अभियान सुरु गरेको नेपाललाई सिरमको यस विज्ञप्तिले निराशा बनाएको छ।नेपालले सिरमले उत्पादन गरेको अष्ट्राजेनेका कोभिसिल्डको २० लाख खोप किन्न अग्रिम रकम नै भुक्तानसमेत गरिसकेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार