Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोना अपडेट

    ४,७६२ जना संक्रमित थपिँदा ६,४९१ डिस्चार्ज

    ४,७६२ जना संक्रमित थपिँदा ६,४९१ डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४,७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १५५०५  र एन्टिजेन विधिबाट २४२५ जनाको परीक्षण गर्दा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, आज ६ हजार ४९१ जना निको भएका छन् भने हालसम्म निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ ।



    यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणक कारण ११४ जनाको मृत्यु भएको छ।  यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ३८६ पुगेको छ ।

    यस्तै, हिजो १०९ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार