Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अक्सिमिटरमा कालोबजारी गर्ने औषधि पसलेलाई  दुई लाख जरिवाना

    अक्सिमिटरमा कालोबजारी गर्ने औषधि पसलेलाई  दुई लाख जरिवाना

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    फाइल तस्बिर

    बाँके। जिल्लामा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई  दुई लाख जरिवाना गरिएको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजीकको इशा मेडिकल हलले रु दुई हजार २०० परेको अक्सिमिटर रु तीन हजार एक सयमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो ।



    खरीद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कानूनी व्यवस्था छ । अनुगमन टोलीले अनुचित व्यापारिक क्रियाकलाप गर्ने नेपालगञ्जकै गौरी मिनी मार्ट र मेचीकाली सप्लायर्सलाई जनही रु २० हजारका दरले जरिवाना गरेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार