Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा अनावश्यक हर्न बजाए ५०० रुपैयाँ जरिवाना

    काठमाडौं उपत्यकामा अनावश्यक हर्न बजाए ५०० रुपैयाँ जरिवाना

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ ।

    आज एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो ।



    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेन्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरेको हो ।



    सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ ।

    यस्ता जोखिमयुक्त  मोडहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ । अनावश्यकरुपमा हर्न बजाए ५०० रुपैयाँ जरिवाना हुने जनाइएको छ।

    काठमाडौं महानगरपालिकाले ०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार