Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी संघीय प्रहरीलाई दिने तयारी

    काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी संघीय प्रहरीलाई दिने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी नेपाल प्रहरी (संघीय प्रहरी)लाई दिने व्यवस्था गर्न खोजिएको बताएका छन् ।

    तर यसलाई प्रदेश प्रहरीको अधिकार कटौती वा संघीय व्यवस्था विपरीत सरकार जान खोजेको रुपमा नबुझ्न सांसदहरूलाई आग्रह गरेका छन् ।



    सुरक्षा संवेदनशीलता ख्याल गरेर यस्तो निर्णय गर्न लागिएको उनले बताए ।



    प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा गृहमन्त्री खाँणले सरकार संघीय व्यवस्थाका साथै काठमाडौं राजधानी उपत्यकाको सुरक्षाप्रति संवेदनशील रहेको बताएका हुन् ।

    नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री खाँणले भने, ‘सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ल्याइएको हो । प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन । काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंको सुरक्षाका लागि ल्याइएको हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार