Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गुणस्तरहीन खानेपानी विक्री गर्ने अन्नपूर्ण इन्डष्ट्रिजलाई ३ लाख जरिवाना

    गुणस्तरहीन खानेपानी विक्री गर्ने अन्नपूर्ण इन्डष्ट्रिजलाई ३ लाख जरिवाना

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अयोग्य खानेपानी विक्री वितरण गरेको भन्दै ललितपुरको एक पानी उत्पादक कम्पनीलाई ३ लाख जरिवाना तिराएको छ ।

    विभागलाई प्राप्त उजुरीका आधारमा ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अन्नपूर्ण इन्डष्ट्रिज (मिनरल वाटर उत्पादक) कम्पनीलाई ३ लाख जरिवाना गराइएको विभागले जनाएको हो ।



    उक्त कम्पनीद्वारा उत्पादित पानीको नमुना सङ्कलन गरी परीक्षणको लागि यसै महिनाको १० गते सम्बन्धित निकायमा पठाइएको थियो ।



    १६ गतेको प्राप्त परीक्षण प्रतिवेदन बमोजिम पानीको गुणस्तरभन्दा घटी बढी भई खान अयोग्य देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार