Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पत्रकार बाँस्तोलाको कोरोनाका कारण निधन

    पत्रकार बाँस्तोलाको कोरोनाका कारण निधन

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 3.1K
    SHARES

    कास्की। नेपाल पत्रकार महासङ्घ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञप्रसाद बाँस्तोलाको कोरोना सङ्क्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।

    कोरोना सङ्क्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराइरहेका उनलाई थप उपचारका लागि चरक अस्पताल भर्ना गरिएकामा आज बिहान ३ः१० बजे उपचारका क्रममा निधन भएको हो । स्व बाँस्तोलाका दुई श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्।



    पोखरामा झण्डै चार दशक पत्रकारिता गरेका स्व बाँस्तोलाले पोखराको माछापुछ्रे एफएम, माइक्रो न्यूज, आदर्श समाज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको भूमिका निर्वाह गरेका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार