Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोपा अमेरिका : कोलम्बियासित पेरु विजयी, भेनेजुएला र इक्वेडरको खेल बराबरी

    कोपा अमेरिका : कोलम्बियासित पेरु विजयी, भेनेजुएला र इक्वेडरको खेल बराबरी

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 1.9K
    SHARES

    Soccer Football - Copa America 2021 - Group B - Venezuela v Ecuador - Estadio Nilton Santos, Rio de Janeiro, Brazil - June 20, 2021 Venezuela's Sergio Cordova in action REUTERS/Sergio Moraes

    एजेन्सी । कोपा अमेरिका फुटबलमा पेरु विजयी भएको छ । अर्को खेलमा भेनेजुएला र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ ।

    आज बिहान भएको खेलमा पेरुले कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।



    जितसँगै पेरु ३ अङ्कका साथ तेस्रो स्थानमा छ । पेरुले अहिलेसम्म दुई खेलमा एकमा जित र एकमा हार ब्यहोरेको छ । तीन खेलमा एकमा जित, एकमा हार र एक खेलमा बराबरी खेलेको कोलम्बिया भने ४ अङ्कका साथ दोस्रो स्थानमा छ ।



    आज बिहान सम्पन्न अर्को खेलमा भेनेजुएला र इक्वेडरले अङ्क बाँडेका छन् । भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेलेका हुन् ।

    बराबरीसँगै भेनेजुएला दुई अङ्क जोडेर समूह बी तेस्रो स्थानमा छ । अहिलेसम्म ३ खेल खेलेकोमा भेनेजुएलाले दुईमा बराबरी र एकमा हार ब्यहोरेको छ ।

    यस्तै, इक्वेडर भने एक अङ्कका साथ चौथो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार