Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुपरस्टार मेस्सीलाई पहिलो अन्तर्राष्ट्रिय ट्रफीसँगै सर्वाधिक गोलकर्ता र बेस्ट प्लेयरको उपाधि

    सुपरस्टार मेस्सीलाई पहिलो अन्तर्राष्ट्रिय ट्रफीसँगै सर्वाधिक गोलकर्ता र बेस्ट प्लेयरको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 3.3K
    SHARES

    काठमाडौं । २८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि हात पारेको हो । आइतबार बिहान ब्राजिलको रियो दी जेनेरियास्थित माराकाना रंगशालामा भएको फाइनल खेलमामा २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

    यसअघि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर खेलेका डि मारियाले फाइनलमा पहिलो रोजाइँमै खेल्ने अवसर पाएका थिए । जसमा उनले न्याए पनि गरे ।



    आजको जितसँगै सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।



    यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमानसमेत बराबरी गरेको छ । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपाको उपाधि जितेको हो । २८ वर्षमा अजेन्टिनाले जितेको यो कुनै पनि ठूलो उपाधिसमेत हो ।

    त्यसयता अर्जेन्टिनाले चार कोपा फाइनल एक विश्वकप फाइनल र दुई कन्फ्रेडेरेसन कप फाइनल गरी कुल ७ फाइनल खेले पनि सबैमा पराजित भएको थियो ।

    मेस्सीले पनि पाँचै पटक फाइनल खेल्दा बल्ल आज पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । मेस्सीले २००७, २०१५ र २०१६ कोपा र २०१४ को विश्वकप फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन् । डेढ दशकको प्रयासपछि ३४ वर्षीय मेस्सीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेका हुन् । मेस्सीले फाइनलमा गोल गर्न नसके पनि यस संस्करणमा ४ गोल गर्नुका साथै ५ असिस्टसमेत गरे ।

    मेस्सीले यसअघि सन् २००८ मा चीनमा भएको ओलम्पिकमा गोल्ड मेडल जितेका थिए । तर त्यो यु(२३ टिमले खेल्ने प्रतियोगिता थियो । अर्जेन्टिनाले अपराजित रहँदै उपाधि जित्दा ६ खेल जित्यो । एक खेल भने बराबरी खेलेको थियो ।

    मेस्सी सर्वाधिक गोलकर्ता
    अर्जेन्टिनाको कप्तान लिओनल मेस्सी कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता बनेका छन् । ब्राजिलमा सम्पन्न ४७औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्दा मेसीले ४ गोल गरे भने ५ असिस्ट गरे । कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । तर, मेस्सीले गरेको असिस्टका कारण उनले सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् ।

    मेस्सी र नेमार बेस्ट प्लेअर
    अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी र ब्राजिलका नेमार कोपा अमेरिका फुटबल २०२१ को बेस्ट प्लेअर बनेका छन् । दक्षिण अमेरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले फाइनल हुनु एक दिन अघि नै मेसी र नेमारलाई उत्कृष्ट प्लेअर घोषित गरेको थियो । ‘एक मात्र खेलाडी छान्नु सम्भव छैन किनकी यो प्रतियोगितामा दुई उत्कृष्ट खेलाडी छन,’ कन्मेबोलले स्टेटमेन्टमा भनेको छ ।

    मार्टिनेज उत्कृष्ट गोलकिपर
    अर्जेन्टिनाका एमिलियानो मार्टिनेज कोपा अमेरिका २०२१ को उत्कृष्ट गोलकिपर घोषित भएका छन् । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्दा गोलकिपर मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए । आइतबार बिहान भएको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा १(० ले हराउँदै उपाधि जित्दा मार्टिनेजले क्लिनसिट राखे ।

    उनले कोपामा कूल ६ खेल खेल्दा ४ क्लिनसिट राखे । सेमिफाइनलमा कोलम्बिया विरुद्ध पेनाल्टीसुटआउटमा अर्जेन्टिनाले जित हात पार्दा मार्टिनजेल ३ पेनाल्टी रोकेका थिए । चिली विरुद्धको पहिलो खेलमा उनले अर्टुरो भिदालको पेनाल्टी रोकेका थिए ।

    गत महिना मात्र अर्जेन्टिनाको राष्ट्रिय टिममा डेब्यु गरेका उनले यस प्रतियोगितामा अर्जेन्टिनाले खेलेका ७ मध्ये ६ खेल खेलेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार