Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • रातो बुटमा सजिएका मेस्सीले किन गुमाए पिएसजीको पहिलो गेम ?

    रातो बुटमा सजिएका मेस्सीले किन गुमाए पिएसजीको पहिलो गेम ?

    अनलाइन नेपाल
  • सोमबार, ३२ साउन २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । दुई दशक भन्दा बढि समय विताएको बर्सिलोना छाडेर पेरिस सेन्ट जर्मन (पिएसजी) मा प्रवेश गरेका अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले पहिलो खेल नै मिस गरेका छन् । रातो बुटमा सजिएका मेस्सीले शनिबार राति भएको स्ट्रार्सबर्गसँगको खेलमा डेब्यू गर्ने बताइएको थियो। तर, स्ट्रासबर्गविरुद्धको खेलको शुरुवाती टोलीमा मेस्सी नपरेका हुन् ।

    पिएसजीमा आबद्ध भएसँगै मेस्सीले यो खेलमा डेब्यू गर्ने बताइएपनि उनले पहिलो खेल नखेलेका कारण उनका समर्थकहरुले ऐतिहासिक डेब्यूको प्रतिक्षा गर्नुपर्ने भएको छ।



    सो खेलमा मेस्सी नपर्नुको कारण पूर्णरुपले तयार नहुनुलाई मानिएको छ। दुईदिनमात्र सहकर्मीहरुसँग ट्रेनिङ गरेका मेस्सीलाई मैदान उतार्न प्रशिक्षक माउरिसियो पोचेटिनोले हतार नगर्ने भएका छन्।



    यसो त मेसीले पिएसजीको अर्को खेलमा पनि डेब्यू नगर्ने सम्भावना रहेको छ। उनी अगस्ट २९ मा हुने रेइम्सविरुद्धको खेलमा पहिलोपटक पिएजसीको जर्सीमा देखिने बताइएको छ। यदि सो खेलमा भएन भने सेप्टेम्बर १२ मा क्लेर्मोन्ट फुटविरुद्ध उनी मैदान उत्रिने अन्तर्राष्ट्रिय खेल समाचार संस्था गोल डटकमले उल्लेख गरेको छ। अगस्ट २० मा हुने ब्रेस्टविरुद्धको खेलमा उनलाई डेब्यू गराउन हतार हुने बताइएको छ।

    ‘मलाई डेब्यूबारे थाहा छैन,’ सम्झौताको बेला मेस्सीले भनेका थिए, ‘म छुट्टीबाट भर्खर फर्किएको छु। म महिना दिनदेखि आराम गरिरहेको छु।’ प्रशिक्षक पोचेटिनोले लियो भर्खर छुट्टीबाट फर्किएका कारण तत्काल मैदान उतार्न नहुने बताइसकेका छन् ।

    उनले भने–‘नयाँ खेलाडीहरुसँग घुलमिल हुन केही समय लाग्छ, यो उनका लागि बिल्कुल नयाँ अनुभव हो । नयाँ ठाउँ, नयाँ सहकर्मी–सबै कुरा नयाँ। त्यसैले केही समय हतार नगरौं भन्ने सोचेका छौं।’

    मेस्सी विनाको पहिलो खेलमा पिएसजीले शानदार जित निकालेको थियो । शनिबार राति भएको खेलमा पिएजसीले स्ट्रासबर्गलाई ४–२ गोलले पराजित गरेको हो। घरेलु मैदानमा टोलीलाई जिताउन माउरो इकार्डी, किलियन एमबाप्पे, जुलियन ड्राज्लर र पाब्लो सराबियाले गोल गरेका छन्। स्ट्रासबर्गका लागि केभिन गेमेइरो र लुडोभिक अजोर्क्वीले गोल फर्काएका छन्। खेलको शुरुवातदेखि नै आक्रामक देखिएको पिउसजीले ३ मिनेटमा नै अग्रता बनाउन सफल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार