Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोपा अमेरिकामा ब्राजिल विजयी

    कोपा अमेरिकामा ब्राजिल विजयी

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 2K
    SHARES

    एजेन्सी । कोपा अमेरिकामा ब्राजिल विजयी भएको छ । इन्जुरी समयको अन्तिममा कासेमिरोले गरेको गोलको सहयोगमा ब्राजिल विजयी भएको हो । आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियामाथि संघर्षपूर्ण जित दर्ता गरेको हो ।

    समूह बी अन्तर्गत भएको खेलमा कोलम्बियाले सुरुवाति अग्रता लिए पनि अन्तिम तिर त्यसलाई जोगाउन सकेन । खेलको १० औँ मिनेटमा लुइस डियाजले गोल गरी कोलम्बियालाई अग्रता दिलाएका थिए ।



    ब्राजिलका लागि ७८ औँ मिनेटमा रोबर्टो फिरमिनोले बराबरी गोल गरे । ब्राजिलको जितमा इन्जुरी समयमा कासेमिरोले गरेको गोल निर्णायक बन्यो । सो गोल गर्न उनलाई नेइमारले सहयोग गरेका थिए ।



    लगातार तीन खेलमा जित निकालेको ब्राजिल ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । उसले अघिल्लो चरणको यात्रा पक्का गरिसकेको छ । एक खेलमा जित र एकमा बराबरी तथा दुई खेलमा पराजित भएको कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा छ ।

    यस्तै समूह बी अन्तर्गत आज बिहान भएको अर्को खेलमा इक्वेडर र पेरुले २–२ गोलको बराबरी खेलेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार