Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ओलीका निर्णयहरुमाथि सर्वोच्चको लगाम, रणनीति बनाउन जुटे

    ओलीका निर्णयहरुमाथि सर्वोच्चको लगाम, रणनीति बनाउन जुटे

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदका २० जना मन्त्रीको वैधतामा प्रश्न उठाउँदै जिम्मेवारी खोसेपछि उनी भावी रणनीति बनाउन जुटेका छन् ।

    पछिल्लो समय सर्वोच्चको निर्णयहरूमा एकपछि अर्को गर्दै लगाम लगाउने र विपक्षीहरूको मोर्चाबन्दी थप कसिलो बन्दै जान थालेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओली भावी रणनीति बनाउन जुटेका हुन् ।



    त्यसका लागि उनले बुधबार दिनभर आफू पक्षीय नेताहरुलाई बालुवाटारमा बोलाएर अब कसरी अघि बढ्दा राम्रो हुन्छ भनेर सुझाव मागेका थिए । ओलीले कानुन व्यवसायीहरूसँग पनि आवश्यकता अनुसार छलफल गर्दै अघि बढ्ने तयारी गरेका छन् ।



    ओलीले बुधबार पहिलो चरणमा आफ्नो मन्त्रीमण्डलमा रहेर अदालतको आदेशपछि पद खुस्किएका मन्त्री र दोस्रो लटमा आफू निकट स्थायी समिति सदस्यहरुसँग सामान्य छलफल र बढि सुझाव मागेका थिए ।

    बुधबार आफूनिकटका नेताहरूसँगको छलफल सकेका ओलीले पार्टी कमिटी बैठक बोलाउने तयारी गरेको नेताहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार