Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • युरो कप : आजदेखि नकआउट चरणका खेल

    युरो कप : आजदेखि नकआउट चरणका खेल

    अनलाइन नेपाल
  • शनिबार, १२ असार २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । युरो कप फुटबलमा आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन्।

    पहिलो खेलमा आज राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् । समूह ए को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह बी को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो ।



    समूह चरणका खेलमा डेनमार्कले रुसलाई र फिनल्यान्डलाई हराएको थियो भने बेल्जियमसँग पराजित भएको थियो । यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित भएको थियो ।



    यस्तै युरो कपमै राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटली र अस्ट्रिया खेल्दैछन् । इटलीले समूह चरणका तीनवटै खेल जितेको थियो । अस्ट्रियाले नर्थ म्यासेडोनिया र युक्रेनलाई हराएको थियो भने नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार