Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कोरोना अपडेट

    थप २० जनाको मृत्यु, मृतकको संख्या ९,३८२ पुग्यो

    थप २० जनाको मृत्यु, मृतकको संख्या ९,३८२ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 1.8K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८३१ जना कोरोना संक्रमित थपिएका छन् भने १ हजार ५१६ जना कोरोनामुक्त भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    २४ घण्टामा ५ हजार ५३५  पीसीआर परीक्षण गर्दा १ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ६८३ परीक्षण गर्दा ५९४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।



    यसैगरी, पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म ९ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ । यसअघि हिजो २२ जनाको मृत्यु भएको थियो।



    स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ । यस्तै बिगत केही दिनयता देशभर जारी रहेको निषेधाज्ञा बिस्तारै खुकुलो भएसँगै संक्रमितको संख्या पुन: बढ्दै गएको देखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार