Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ३० लाखको चेक बाउन्स मुद्दामा फरार रहेका २ जना सीआईबीको फन्दामा

    ३० लाखको चेक बाउन्स मुद्दामा फरार रहेका २ जना सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार भएका दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।

    सीआइबीको टोलीले काठमाडौंको टोखाबाट ४८ वर्षीय मिलन डंगोल र कलंकीबाट ६३ वर्षीय देवनारायण महर्जनलाई सोमबार पक्राउ गरेको हो ।



    उनीहरु दुवैलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । डंगोललाई ७ दिन कैद र १५ लाख जरिवाना तथा महर्जनलाई ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो ।



    पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार