Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राजस्व चुहावटको मुद्दामा १२ करोड जरिवाना तोकिएका दुई जना पक्राउ

    राजस्व चुहावटको मुद्दामा १२ करोड जरिवाना तोकिएका दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 669
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राजस्व चुहावट मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ का कुमारी गुरुङ र पर्साको वीरगन्ज महानगरपालिका–८ का प्रदीपकुमार गुप्ता रहेका छन् ।



    पक्राउ परेकी गुरुङ न्यु समीक्षा सप्लायर्सको प्रोप्राइटर र गुप्ता समीक्षा सप्लायर्सका बैंक खाता सञ्चालक रहेको सीआईबीले जनाएको छ ।



    बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनीहरूलाई एक वर्ष कैद सजाय र जनही १२ करोड १० लाख ३६ हजार ५३० रुपैयाँ जरिवाना तोकेको छ ।

    उनीहरूले एकापसमा मिलोमतो गरी मालवस्तु खरिद–बिक्री नगरी नक्कली कर बिजक बनाएर आम्दानीमा कानुनबमोजिम तिर्नुपर्ने आयकर रकम समेत नतिरी राजस्व चुहावट गरेको खुलेको थियो ।

    दुवैजनालाई सीआईबीको टोलीले चितवनबाट पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार